दफा २६
नमूना सङ्कलन गर्ने
(१) केन्द्रले जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्ने प्रयोजनको लागि नमूना सङ्कलन गर्नु पर्नेछ।
(२) जीवनाशक विषादीको नमूना सङ्कलन र विश्लेषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।